एउटै विषय फरक फरक समितिमा छलफल भइरहेको गुनासो

काठमाडौँ । सभामुख देवराज घिमिरेले आइतबार संसदीय समितिका सभापतिसँग छलफल गरेका छन् । छलफलमा संसदीय समितिमा विचाराधीन विधेयकहरू छिटो भन्दा छिटो संसद्मा पेस भए सदन चलाउन सहज हुने धारणा सभामुखले राखेको सभामुखको भनाइ उद्धृत गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए ।
उनले संसद्को हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले सो बारेमा पनि छलफल भएको बताए । उनले एउटै विषयहरू विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘विशेष गरी विधेयकहरू समितिबाट छिटो भन्दा छिटो आइ सदन चल्न अझै सहज हुन्थ्यो र कतिपय कुरामा विभिन्न सहमतिहरू बिचमा एउटै समितिले हेरेको । जस्तै एनसेलकै प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिले हेरेको छ । यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो । एकै दिन मन्त्रीहरूले तीन, चार वटा समितिमा बोलाउँदा मन्त्रीहरूले नभ्याउने, कतै गयल हुने, उपस्थित हुन नसक्ने भन्ने लगायतमा पनि छलफल भयो ।’
समिति सभापति खतिवडाले सभामुखसँगको छलफलमा एकै दिन धेरै समितिले मन्त्रीहरूलाई बोलाउँदा मन्त्रीहरूलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस