मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद

संसदीय क्यालेन्डर बनाउनेबारे सभापतिहरूसँग सभामुखको छलफल

आइतबार, ०७ माघ २०८०, १३ : २५
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबिचको छलफल सकिएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा आइतबार भएको छलफलमा विधेयकहरूको अवस्था र संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल भएको हो ।

‘संसद्को आउँदो अधिवेशनमा पेस गर्न विधेयकहरूको अवस्था के छ भनेर छलफल भयो । केही समितिहरूले विधेयकहरू अन्तिम चरण पुगेको जानकारी गराउनुभएको छ’, छलफलपछि सभामुख घिमिरेले भने ।

उनका अनुसार संसदीय क्यालेन्डर बनाउने बारेमा समेत छलफल भएको छ । त्यसका लागि सबैले वातावरण बनाउनुपर्ने विषयमा सल्लाह सुझाव प्राप्त भएको पनि घिमिरेको भनाइ छ ।

‘१५ दिनभित्र के गर्ने, एक महिनाभित्र के गर्ने भन्नेबारेमा सभापतिबाट यसबारेमा सुझावहरू प्राप्त भयो’, सभामुख घिमिरेले भने, ‘बाँकी भएका विषयहरूलाई छिटो सम्पन्न गर्नुहोस्, अप्ठ्यारा समस्या छन् भने पनि राख्नुहोस्, समस्याहरूको सबै पक्षहरूसँग मिलेर छलफल गर्नुहोस् भनेको छु’, सभामुख घिमिरेको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप