१५ वर्षे किशोरको ७३ वर्षे दुलही, गाउँका मुखियाले भने, ‘अहिले नै शारिरिक सम्बन्ध नराख’
द इन्डिपेन्डेन्ट
भनिन्छ, प्रेम अन्धो हुन्छ । यसमा उमेरको केही सीमा हुँदैन । यो वाक्यलाई पुष्टि गर्ने एउटा घटना जकार्तामा सार्वजनिक भएको छ । सुन्दा अचम्म लाग्ला, एक १५ वर्षका किशोरले ७३ वर्षीया वृद्धासँग प्रेम विवाह गरेका छन् । विवाह गर्नका लागि दुलहा किशोर भएकाले उनीहरुलाई अनुमती दिइएको थिएन तर दुबैले विवाह रोकिए आत्महत्या गर्ने धम्की दिए । घटना इन्डोनेसियाको हो ।
१५ वर्षका सेलामत रियादीलाई मलेरिया भयो । यो क्रममा उनलाई छिमेकी महिला रोहारा बिनती मोहम्मद जकफरले निकै हेरबिचार गरिन् जसका कारण दुबैबिच प्रेम बस्यो । इन्डोनेसियामा पुरुषका लागि विवाह गर्ने कानूनी उमेर १९ वर्ष हो तर पनि सुमात्रा गाउँको प्रशासनले यी दुबैलाई विवाह गर्न अनुमती दिएको छ ।
गाउँका मुखिया सिक एनी भन्छन्, ‘सेलामत विवाहका लागि निकै साना छन् तरपनि हामीले उक्त विवाह हुन दियौं किनभने उनीहरुले आत्महत्या गरिदिने धम्की दिएका थिए । यद्यपी, किशोर परिपक्व नभएका कारण हामीले उक्त विवाह धूमधामसँग हुन दिएनौं । उनीहरुले अहिले नै यो जोडीले शारिरिक सम्बन्ध राख्नबाट बच्नुपर्छ ।’
सेलामतका पिताको केही वर्ष अघि मृत्यु भएको थियो र दोस्रो विवाह गरेकी उनकी आमाले पनि उनको हेरबिचार गर्न छाडेको बताइएको छ ।
उनकी दुलहीले योभन्दा अघि दुई जनासँग विवाह गरेको र कम्तीमा पनि एक सन्तानकी आमा हुन् ।
यी किशोरको विवाह गत हप्ता काराङ्ग इन्दाह गाउँमा भएको हो । यो विवाह अनलाइनमा पोष्ट भएपछि निकै चर्चा बटुल्यो ।
इन्डोनेसियाका सोसल अफेयर्स मिनिस्टरले दुलहाको उमेर कम भएकाले उक्त विवाहको आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र