सुदूरपश्चिमबाट लक्ष्यअनुसार धान खरिद गर्न सरकार असफल

धनगढी । सरकारी स्वामित्वको खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशबाट लक्ष्यअनुसार धान खरिद गर्न असफल देखिएको छ । ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य बनाएको कम्पनीले जम्मा २१ हजार ७८७ क्विन्टल मात्रै धान खरिद गरेको हो । आफ्नो खरिद लक्ष्य अनुरूप कम्पनीले ५३ हजार २१३ क्विन्टल धान खरिद गर्नै नसकेको हो ।
समयमा धान खरिद नगर्नु, बजार मूल्यभन्दा सस्तोमा धान खरिद गर्नु र सीमित स्थानमा मात्रै खरिद डिपो सञ्चालन गर्दा लक्ष्य हासिल हुन नसकेको बताइएको छ ।
कम्पनीका सुदूरपश्चिम प्रमुख इन्जिला बस्नेतका अनुसार यस वर्ष कैलालीमा ६० हजार क्विन्टल र कञ्चनपुरमा १५ हजार क्विन्टल गरी सुदूरपश्चिममा ७५ हजार क्विन्टल धान खरिद कोटा थियो । तर कैलालीबाट १८ हजार ७८७ र कञ्चनपुरबाट तीन हजार गरी जम्मा २१ हजार ७८७ क्विन्टल मात्रै धान खरिद भएको उनको भनाइ छ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढीमा बजारमा धान खरिद बिक्री भएकाले किसानले खाद्यको खरिद केन्द्रमा धान नल्याएको प्रमुख बस्नेतको भनाइ छ । किसानको धान नआएपछि कम्पनी पुस मसान्तदेखि खरिद कार्य बन्द गरेको बस्नेतले बताइन् ।
कम्पनीले गत वर्ष पनि लक्ष्य अनुसारको धान खरिद गर्न सकेको थिएन । सुदूरपश्चिममा ४० हजार क्विन्टल धान खरिदको कोटा रहेकोमा ३० हजार क्विन्टल मात्रै खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)