प्रकाश सपुत र शान्ति श्रीले गाए ‘पूजार सार्की’ को गीत

काठमाडौँ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म हो ‘पूजार सार्की’ । फिल्मको एक गीत रेकर्ड गर्दै औपचारिक सुरुवात गरिएको छ । शनिवार फिल्मको गीतमा गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । गीतको शीर्षक भने अहिले खुलाइएको छैन ।
लोक शैलीमा तयार गीतमा हर्क साउदको शब्द, सुवास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज छ । फिल्ममा आर्यन, प्रदीप र पलको अलवा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका रहेछ । बराइलीले यसअघि फिल्म ‘महापुरुष’ मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’ अभिनय गरेकी छन् । फिल्मको निर्देशन दिनेश राउतले गर्न लागेका हुन् ।
‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’ लगायतका सफल फिल्म निर्देशक राउत माघको मध्यबाट फिल्म छायाङ्कनमा निस्कने बताए । विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने लागेको हो । जसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने