समातिए रश्मिकाको डिपफेक भिडियो बनाउने व्यक्ति

नयाँ दिल्ली । केही महिना अघि दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बन्यो । यस मामिलामा प्रहरीले दोषी व्यक्तिलाई समातेको छ । दिल्ली प्रहरीले रश्मिकाका डिपफेक भिडियो बनाउने व्यक्तिलाई पक्राउ गरेको बताएको छ । जानकारीका अनुसार आरोपी २३–२४ वर्षका पुरुष हुन् । नोभेम्बरमा रश्मिकाको मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो । रश्मिकाको भिडियो पछि आलिया भट्ट, काजोल, कट्रिना कैफ र पूर्व क्रिकेटर सचिन तेन्दुलकरसमेत कयौँ चर्चित हस्तीको डिपफेक भिडियो भाइरल भएको थियो ।
आरोपीलाई आन्द्र प्रदेशबाट पक्राउ गरिएको छ । गएको वर्ष नोभेम्बर ६ मा सामाजिक सञ्जालमा रश्मिका जस्तै देखिने एक युवतीको भिडियो भाइरल बन्यो । पछि सो भिडियो डिपफेक प्रविधिले बनाएको र भिडियोमा देखिएकी युवति रश्मिका नभएर बेलायती इन्फ्लुएन्सर जारा पटेलको शरीरमा रश्मिकाको अनुहार जोडिएको थियो । ‘एनिमल’ अभिनेत्री रश्मिकाले आफ्नो नक्कली भिडियो भाइरल बनेपछि प्रविधिको गलत प्रयोगबारे चिन्ता व्यक्त गरेकी थिइन् ।
पैसा र फलोअरको लोभमा बनाइएको थियो भिडियो
प्रहरीका अनुसार रश्मिकाको डिपफेक मामिलामा ५०० भन्दा धेरै सामाजिक सञ्जाल एकाउन्टमाथि छानबिन गरेका थिए । कयौँ राज्यमा खोजबिनपछि ई नवीन नामक गरेका पुरुषलाई आन्ध्र प्रदेशको गुन्टुरबाट समातेका थिए । नवीन रश्मिकाका फ्यान थियो । उनले अभिनेत्रीलाई हानी पुर्याउन नभएर पैसा र फलोअरको लोभले भिडियो बनाएका थिए । आरोपीले चेन्नईबाट इलेक्ट्रोनिक्स तथा दूरसञ्चारमा बी टेक गरेका थिए । नवीनले रश्मिकाको साथसाथै साउथका अरू दुई सेलिब्रेटीको फ्यान पेज चलाउँछन् । मनिटाइजेशनमार्फत पैसा कमाउन र फलोअर बढाउन उनले युट्युबबाट एडिटिङ सिकेर डिपफेक बनाएका थिए । बलिउडका ठुला स्टारहरूले भिडियो ट्विट गरेर कारबाहीको माग गर्न थालेपछि डराएर नवीनले भिडियो र फ्यान पेज डिलिट गरिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान
-
रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत