‘सितारे जमिन पर’को तयारीमा आमिर खान
मुम्बई । सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन् । यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठुलो चाहना छ ।
अब आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’ बनाउने तयारीमा छन् । यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ । गत वर्ष आमिरले आफ्नो फिल्म ‘सितारे जमिन पर’ बनाउने घोषणा गरेका थिए । ‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मविहीन छन् ।
छोरी आइरा खानको विवाहपछि आमिरको ध्यान आफ्नो करियरप्रति छ । उनी नयाँ फिल्मको सुरुवात आगामी महिनाबाट गर्नेछन् । उनी यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्दैछन् । यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन् । उनी यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदैछन् ।
यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदैछ । फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रूपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदैछन् । यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस