सदन खुलेपछि टीआरसी सहमतिबाटै टुङ्ग्याइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने बताएका हुन् ।
‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ’, प्रचण्डले भनाइ छ । उनले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।
‘हामी गति लिने कोसिस छौँ,’ प्रधानमन्त्रीको भनाइ छ । उनले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा