यू–१९ विश्वकपमा भारत र पाकिस्तान विजयी
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।
भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो ।
पहिला ब्याटिङ गर्दा भारतका आदर्श सिंहले सर्वाधिक ७६ रनको पारि खेल्दा उदय शरणले ६४ रन बनाएका थिए । यस्तै सचिन दासले नटआउट २६ रन बनाउँदा आर्भेले अभिनास र प्रियान्सु मोलियाले २३–२३ रन बनाए । बंगलादेशका मारुफ मरिदाले सर्वाधिक ५ विकेट लिए ।
२५२ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । बंगलादेशका लागि मोहम्मद सिहाव रोबीले ५४ रनको अर्धशतकीय पारि खेल्दा अरिफुल इस्लामले ४१ रन बनाए । शेख पभेज जिवोन १५ तथा अशिकुर रहमान र जिसन आलमले १४–१४ रन बनाए ।
भारतका सौम्य पाण्डेले ४ विकेट लिँदा मुसेर खानले २ विकेट लिए । समूह एमा भारतले पनि २ अंक जोडेको छ । उता आइसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले पनि विजयी सुरुआत गरेको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोली २६.२ ओभरमा १०३ रनमा समेटियो ।
पाकिस्तानका लागि शाहजेव खानले शतकीय पारि खेले । उनले १०६ रन बनाउँदा कप्तान साद बागले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए । यसैगरी रइज उल्लाहले ४६ रन बनाउँदा उविद साहले २२ तथा सयमुल हुसेनले १७ रन जोडे । अफगानिस्तानका खलिल अहमदले ४ विकेट लिँदा बसिर अहमदले २ विकेट हात पारे ।
२८५ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले कुनै पनि बेला पाकिस्तानमाथि दबाब बनाउन सकेन । अफगानिस्तानका नुमान साहले २६ रन बनाउँदा रहिमुल्लाह जुर्माटी र सोएल खानले २०–२० रन बनाए ।
हुसेन इसाखिलले १९ रन बनाउनु बाहेक अरुले विर्सन लायक प्रदर्शन गरे । पाकिस्तानका उविज साहले सर्वाधिक ४ विकेट लिँदा मोहम्द जेसनले ३ विकेट हात पारे ।
जितसँगै पाकिस्तानले समूह डीमा २ अंक बनाएको छ । यो समूहमा नेपाल पनि रहेको छ । नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैन : जनार्दन शर्मा
-
ट्याटु खोप्दा रगतको क्यान्सर हुने खतरा
-
१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह