क्रिष्टल प्यालेसमाथि आर्सनलको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।
आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक-एक गोल गरे । एक गोल भने उपहार पाएको थियो ।
११ औँ मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा क्रिष्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो ।
ट्रोसान्डले ५९ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गरेपछि आर्सनल ५–० को फराकिलो जित निकाल्न सफल भयो ।
जितपछि आर्सनल ४३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो । समान ४३ अङ्क भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अङ्क रहेको छ ।
लिभरपुल भने ४५ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनलसँग पराजित भएको क्रिष्टल प्यालेस भने १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया
-
पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)