महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चितताका लागि आजपाले संघर्ष गर्ने

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले महिलाको मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ । पार्टीको आम महिला मोर्चाको बैठकबाट महिलाको मुद्दालाई पार्टीले उच्च महत्वका साथ उठाउँदै ५१ प्रतिशत अधिकार सुनिश्चितताका लागि पहल गर्ने निर्णय भएको हो ।
रौतहटको मौलापुर पार्क होटलमा बसेको उक्त बैठकले “महिलालाई राज्यको हरेक तह र निकायमा ५१ प्रतिशत अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय गरेको मोर्चाकी अध्यक्ष कुमारी बबिताले बताइन् ।
कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कर्जा दिलाउनको लागि घोषित माघ ११ गतेको कार्यक्रम सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैबिच आईटी आर्मीको मौलापुर नगर भेला सम्पन्न भएको छ । पार्टीका अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा साथ सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?