बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्रको एक घण्टा

शनिबार, ०६ माघ २०८०, १७ : ४०
शनिबार, ०६ माघ २०८०

बारा । पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा  उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यसहित आज मुसहर बस्तीमा पुगेका हुन् ।

प्रभुशमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो । पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवारका सदस्य सहभागी थिए । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए । बस्तीमा एक घण्टा बिताएका उनीहरूले चिया समेत पिएका थिए ।

पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।

सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन गरिएको थियो । पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकार समेत हेर्न भ्याएका थिए । उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए ।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुसी देखिन्थे । एक साताअघि सिमरा आएका पूर्वराजा शाहले केही दिनअघि पर्सा राष्ट्रिय निकुञ्जको सफारी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप