महिलाहरुकाे नेतृत्वमा रुपन्देहीमा महिला तथा बाल अस्पताल सञ्चालनमा
![महिलाहरुकाे नेतृत्वमा रुपन्देहीमा महिला तथा बाल अस्पताल सञ्चालनमा](https://npcdn.ratopati.com/media/news/img20240120122618_VQgGfyOrHj.jpg)
बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा महिलाको लगानी र नेतृत्व महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । तिलोत्तमा-४ ड्राइभर टोलमा ओम महिला तथा बाल अस्पताल अधिकांश महिलाहरूको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरूले लिएर चलाएको आज पत्रकार सम्मेलन गरेर जनाएका हुन्।
सुत्केरी आमाहरू, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले जानकारी दिइन् । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पताललाई आगामी दिनमा सय शय्यामा बिस्तार गरिने डा. शर्माले बताइन्।
अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको सेयर पुँजी रहेको छ । अस्पतालमा प्रसूति सम्बन्धी सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सै घण्टा इमर्जेन्सी अपरेसनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याबिनहरूको सेवा सञ्चालनमा रहेको प्रबन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् । अस्पतालमा ६५ जना कर्मचारीहरू कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जनाको मृत्यु
-
डोनाल्ड ट्रम्पका यी ६ आदेश, जसलाई अदालतले लगाइदियो ‘ब्रेक’
-
नम्बर प्लेटको बिक्रीमा एमाजनले लगायो प्रतिबन्ध
-
प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
-
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
-
धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?