मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् । शनिवार नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा खड्काले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।
उनले आगामी महासमिति बैठक पछि महासमिति सदस्यहरुलाई थप ठूलो आशा र भरोसा जाग्ने गरि पार्टीले अभियान सुरु गर्ने जानकारी पनि दिए । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिकाबिच खटपट हुन नदिने गरि काम गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि र पार्टीप्रति मेलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बिचमा जान थप सहज हुने उनको भनाइ थियो ।
उपसभापति खड्काले १३ औँ महाधिवेशनमा सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे । उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो, सोहीअनुसार कार्यान्वयनमा पनि क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिए । “संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगाम दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ”, उनले भने ।
२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उनको भनाइ थियो । उनले पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते