यो साता प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा आइपुग्दा १८ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।
यो साताको आइतबार सुनको मूल्य बढेर सुरु भएको थियो । यस्तै, सोमबार र मंगलबार घटेर कारोबारमा आएको सुनको मूल्य विहीबार पनि घटेको महासंघले जनाएको छ । विहीबारको तुलनामा सामान्य अंकले बढेसँगै समग्रमा गत साताको तुलनामा ६०० रुपैयाँको गिरावटसँगै सुनको कारोबार रोकिएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो । जुन, यो साता १३ सय ९५ रुपैयाँमा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?