बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा यातायात व्यवसायीहरूबिच लफडा : खुकुरी र ढुङ्गामुढा प्रहार गरेको आरोप

शनिबार, ०६ माघ २०८०, १६ : ४२
शनिबार, ०६ माघ २०८०

सुर्खेत । शनिवार बिहान सुर्खेत बसपार्क क्षेत्रमा भएको दुई यातायात व्यवसायीहरूबिचको लफडाको विषयमा पीडित भनिएको ‘भिजिट कर्णाली’ प्रालिले घटनाको विषयमा पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । 

प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले आफूहरूमाथि खुकुरी, ढुङ्गा, मुढा प्रहार गरिनुका साथै टिकट बुकिङ काउन्टर समेत तोडफोड गरिएको बताए । आफ्ना दुई जना कर्मचारीहरू समेत घाइते भएको बताउँदै उनले उक्त घटनामा प्रशासनले समेत सहयोग नगरेको बताए । 

भिजिट कर्णालीले पुस २६ गतेबाट बुलबुले चोकमा काउन्टर राखी स्कार्पियो सेवा सञ्चालनमा ल्याएको छ । तर, संयुक्त यातायात प्रालिका मान्छेहरूले बसपार्क भन्दा बाहिर काउन्टर राखेर यातायात सञ्चालनमा आएको र बसपार्कबाट नै टिकट काट्ने काम हुनुपर्ने भन्दै विवाद गरेका थिए ।

अध्यक्ष शाहीले स्वतन्त्रतापूर्वक आफ्नो पेसा व्यवसाय गर्न पाउने मौलिक हकको बर्खिलाप हुने गरी दर्जनौँ केटाहरू आई टिकट  काउन्टर तोडफोड गरिएको बताए । साथै आफ्ना कर्मचारीमाथि धारिलो हतियार प्रयोग गरी चोट लागेको तर, प्रहरीले ती व्यक्तिहरूमाथि कारबाही नगरेको गुनासो उनको छ । 

संयुक्त यातायातका व्यक्तिहरूका कारण गाडी सञ्चालनमा अवरोध भएको र  टिकट काटी गन्तव्यमा जान लागेका यात्रुहरू बिचल्लीमा परेका छन् ।

surkhet1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप