मधेससँग ६१ रनले कर्णाली पराजित
शनिबार, ०६ माघ २०८०, १६ : ०५

काठमाडौँ । कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित भएको छ । २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा टोली १ सय ७० रनमा समेटिएको हो ।
टोलीका लागि अर्जुन घर्तीले १०५ बलमा ५८ रनको पारी खेले । उनलाई दिनेश अधिकारीले ३३ रन तथा विपिन शाहीले ३१ रन बनाएर राम्रो साथ दिए पनि टोली जीतसम्म पुर्याउन सकेनन् । मधेस प्रदेशका लागि राजेश यादवले ३ तथा प्रदीप पासवानले दुई विकेट लिए ।
यसअघि कप्तान हरिशंकर साह र अनिल साहको अर्धशतकको मद्दतले मधेसले निर्धातिर ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । दुवैले समान ५०–५० रन बनाए ।
त्यस्तै अविशेक तिवारीले ३४ रन बनाएका थिए । कर्णालीका लागि दीपेन्द्र रावतले ४ विकट लिए भने अनुज चनाराले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख