जसपा मधेश प्रदेश राजनीति समितिको बैठक जनकपुरमा

धनुषा । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशमा रहेका राजनीतिक समितिका सदस्यहरूको बैठक जनकपुरमा सुरु भएको छ । राष्ट्रियसभा चुनाव तथा मधेश प्रदेशमा सङ्गठन निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
सो पार्टीबाट राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट महिलातर्फ पूजा चौधरी उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी चौधरीले जित्ने लगभग निश्चित छ । तैपनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनका लागि अझै सक्रिय हुनुपर्ने निष्कर्षसहित बैठक बसिरहेको जसपाले जनाएका छ ।
जसपाले हालै केन्द्रीय समिति र राजनीति समितिको बैठक सम्पन्न गरी महाधिवेशनको मिति तय गरेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि धनुषामा गर्ने निर्णय भैसकेको छ ।
त्यसअघि पालिकादेखि प्रदेशसम्म सबै समितिको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय समेत सो पार्टीले गरेको छ । आज बसेको बैठकमा महाधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन