भारतमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु
शनिबार, ०६ माघ २०८०, १३ : ४६

नयाँ दिल्ली । पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धी नगरबाट १२७ किलोमिटर दक्षिण पूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा डुङ्गा पल्टिएको हो ।
अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् । विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरूले बताएका छन् । डुङ्गाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तिनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान