सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सुनसरी । पुस माघको कठ्याङ्ग्रिँदो शीतलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृह जिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शीतलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।
सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रूपान्तरण र समाजमा व्याप्त गरिबी, असमानता र विभेद गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै तराईका जनता शीतलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको बताइन् ।
सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरूमा भए गरेका कार्य प्रगतिको आफूले अनुगमन र मूल्याङ्कन गरिरहेको पनि जनाइन् । साथै, उनले उक्त योजना र विकास निर्माणका कार्यहरूमा कुनै पनि ढिलाइ हुन नहुने जिकिर गरिन् ।
सांसद चौधरीसँगै प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । चौधरीले यसअघि इटहरी उपमहानगरपालिका वडा नं. ८ हरिजनवस्ती, सोनापुरको मुसहर बस्तीमा पनि न्यानो कपडा वितरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने