लघुकथा : चोखो पानी
‘जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।’ नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछिपछि लाग्नेले पनि सँगसँगै फलाके, ‘...चाहिँदैन, चाहिँदैन । ...पाइँदैन, पाइँदैन ।’
रामकुमारीले भाषणमा समेत भन्न भ्याइन्, ‘अहिले हाम्रो समाजमा कुरीति, अन्धविश्वास, सङ्कीर्णताले जरो गाडेको छ । तपाईं हामी सबै मिलेर यो बेथितिको जालो फाल्नुपर्छ ।’
सुन्तली परियारलाई आश्चर्य र खुसी पनि लाग्यो । छिमेकी बाहुनीदिदीले त गजबै बोल्दिरहिछन् । राति निद्रा नलागुन्जेल उनकै नारा र भाषण सुन्तलीका कानमा गुन्जिरह्यो ।
राति धेरैबेरसम्म के के सोचेर सुन्तली सुतिरहिन् । बिहान उठ्दा ढिलो भएछ । हत्त न पत्त उठेर गाग्री लिएर सार्वजनिक धारामा पानी थाप्न गइन् । रामकुमारी पनि पानी थाप्दै रहिछन् । रामकुमारीलाई देखेर सुन्तलीले मुसुक्क हाँस्दै भनिन्, ‘ए, दिदी पनि पानी थाप्न आउनुभएको रहेछ ।’
रामकुमारी भन्दै थिइन्, ‘अँ त नि, बरु एकछिन यता नआइज है सुन्तली ?’
‘किन त नि दिदी ?’ सुन्तलीले अरु प्रश्न सोध्न भ्याउँदानभ्याउँदै काखीमा पानीको गाग्री च्याँप्दै रामकुमारीले भनिन्, ‘बिहान पूजा गर्न चोखो पानी चाहिएथ्यो र आएकी म त । गएँ है ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई