गजल
गर्दिन भो चोखो माया
शनिबार, ०६ माघ २०८०, १० : ००

तिम्रो माया हल्ली जाने पिपलको पात लाग्यो ।
फूलसरी सजाएथेँ तिमीलाई नै मात लाग्यो ।
कसलाई आफ्नो भन्नु मैले यो स्वार्थी संसारमा ?
एउटा फूल रोजेको थेँ अर्कोको साथ लाग्यो ।
आफूलाई भन्दा धेरै तिमीलाई माया गरे ,
निर्दोष थिए तर तिम्ले सरापेको हात लाग्यो ।
पत्थरको मुटु तिम्रो भुल्यो आज स्वार्थी बनी ,
जिन्दगी नै वियोगले औँशीकाे रात लाग्यो ।
यहीँ यात्रा प्यारो भाछ साथ तिम्रो चाहिदैँन ,
गर्दिन भो चोखो माया जवानीमा वात लाग्यो ।
उदास उदास भएको छ आज मणिराम ,
मेरै मात्र जिन्दगीमा चोटै चोटको खात लाग्यो ।
- सुन्दरहरैँचा , मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'