मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्षद्वारा राजीनामा

शनिबार, ०६ माघ २०८०, ०९ : ५५
शनिबार, ०६ माघ २०८०

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

पीसीबी प्रबन्ध समितिको बैठकमा अशरफले आफ्नो छोटो कार्यकालमा उनलाई समर्थन गरेकोमा पीसीबी सदस्यहरू र यसका संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक ककरलाई धन्यवाद पनि दिए। यस बैठकको अन्त्यमा अशरफले पीसीबीका संरक्षक प्रधानमन्त्रीलाई राजीनामा बुझाउने निर्णय गरेको बताए।

पछि पाकिस्तानको प्रमुख च्यानल जियो न्युजमा अशरफले भने, ‘मैले क्रिकेटको सुधारको लागि काम गरिरहेको थिएँ तर अब हाम्रो लागि यसरी काम गर्न सम्भव छैन। अब कसलाई मनोनयन गर्ने कुरा  प्रधानमन्त्रीमा निर्भर गर्छ ।’

गत वर्ष जुलाईमा उनले नजम सेठीबाट पीसीबीको अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए । उनलाई चार महिनाका लागि अन्तरिम अध्यक्ष बनाइएको थियो । पछि प्रधानमन्त्रीले तीन महिनाको म्याद थप गरेका थिए । 

पछिल्ला केही वर्षहरूमा पीसीबी प्रमुखको पदमा धेरै परिवर्तनहरू भएका छन्।  रमीज राजा २०२१ मा अध्यक्ष बने । त्यसपछि नजम सेठी र त्यसपछि जाका अशरफलाई जिम्मेवारी सुम्पियो । तर कोही पनि एक वर्षभन्दा बढी आफ्नो पदमा रहन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप