आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
गोरखा दरबार सङ्ग्रहालय नियाल्दा (तस्बिरहरु)
वास्तुकला

गोरखा दरबार सङ्ग्रहालय नियाल्दा (तस्बिरहरु)

शनिबार, ०६ माघ २०८०

गोरखा । गोरखा बसपार्कबाट उकालो चढेपछि पहिला आउँछ रानीपोखरी । रानी पोखरीबाट ढुङ्गा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठुलो आँगनमा । त्यसैको दक्षिणतर्फ छ तल्ले दरबार छ । नेपाल एकीकरण सुरु भएको र पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानको सङ्ग्रहालयले पनि उत्तिकै महत्त्व बोकेको छ। 

दरबार परिसरमै देखिने वास्तुकला तथा ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सामग्रीहरू आफैँमा सङ्ग्रहालय जस्तो भए पनि सङ्गृहीत गरिएका धेरै सामग्री तथा तस्बिरहरू सङ्ग्रहालयका अमूल्य निधि हुन्। 

सङ्ग्रहालयमा पृथ्वीनारायणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू सङ्गृहीत छन्। गोरखा दरबार सङ्ग्रहालयमा राष्ट्रिय सङ्ग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ। शाह वंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्त्वपूर्ण वस्तुहरू सङ्ग्रहालयमा छन्।

नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियारहरू सङ्ग्रहालयमा छन्। त्यहाँ पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, माना पाथी तथा विभिन्न कलात्मक सामग्रीहरू पनि अवलोकन गर्न सकिन्छ। काष्ठकलाले भरिपूर्ण झ्याल, टुँडाल, कलात्मक बरन्डा सङ्ग्रहालयका आकर्षण हुन।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया