सामसङ नेपालद्वारा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४+ र ग्यलेसी एस२४ को प्रि अर्डर खुला

काठमाडौँ । सामसङ नेपालले आज ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४+ र ग्यलेसी एस२४ को प्रि अर्डर खुलेको घोषणा गरेको छ । ग्यालेक्सी ए.आई को साथमा मोबाइलको नयाँ अनुभवहरु उपलब्ध गरौउँदै आएको सामसङ नेपालले जनाएको छ । ए. आईले ग्यालेक्सी एस२४ सिरिजको हरेक अनुभवलाई सहज बानाउँदै गएको बताइएको छ ।
इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रांस्लेशनको साथ रुकावट बिनाको कुराकानीदेखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनको साथ आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई बढाउनसक्ने सम्भावना र जिज्ञाशाहरु सर्च गर्ने अथवा पत्ता लगाउने तरिका समेत परिवर्त गर्दै नयाँ स्टान्डर्ड सेट गरेको सामसङ नेपालले जनाएको छ ।
“ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउंदो दशकलाई प्रज्वलित गर्छ,“ सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने ,“ग्यालेक्सी ए आइ हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट निर्माण गरिएको छ। हामी विश्वभरका हाम्रा प्रयोगकर्ताहरूले कसरी नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी ए आइ मार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउँछन् भनेर हेर्न उत्साहित छौं।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध