सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

टेलिश्रृंखला डिङ्नो निर्माणको घोषणा

शुक्रबार, ०५ माघ २०८०, २० : ५७
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । नयाँ टेलिश्रृंखला ‘डिङ्नो’ निर्माण घोषणा गरिएको छ । शुक्रवार विश्वज्योती सिनेप्लेक्समा एक कार्यक्रमकाबिच निर्माण घोषणा गरिएको हो । टेलिश्रृंखला सामाजिक परिवेशलाई जीवन्त उतार्दै फरक स्वादमा फरक भूगोलमा छायाङ्कन गरिने जानकारी कार्यक्रममा गराइयो । 

लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामीण परिवेशको प्रतिनिधित्व गरेको कथाले समग्र देशका कुना कन्दरा र विदेशसम्मका भोगाई छुने प्रयास गरिएको टेलिश्रृंखलाका निर्देशक विष्णु बुढाथोकीले जानकारी दिए ।

‘हजारौँ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको झिनो सपनाको झोला बोकेर बिभिन्न बहानामा बिदेसिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँ बस्ती, समाज सहाराविहीन हुँदै गएका छन् । यिनै विषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गर्नेछौँ,’ निर्देशक बुढाथोकीले भने ।

हिजोको हराभरा परिवेश भएका गाउँ बस्ती आज सुनसान मात्रै होइन कहिलेकाहीँ त मलामी विहीन पनि बनेको छ । यस्ता कुरालाई केहि हदसम्म रोक्ने प्रयास टेलिश्रृंखला डिङ्नोले गर्ने विश्वास लिएका छौँ । 

टेलिश्रृंखला डिङ्नो प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखि ९ बजेसम्म प्रसारण हुनेछ । डिङ्नो यहि माघ १५ गतेबाट प्रसारण हुने बताइएको छ । डिङ्नोमा कुलदिप अधिकारी, रोश्नी कार्की, जेबि डिसी, विष्णु बुढाथोकी, पूर्ण बहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ । 

योगेश काजीको शीर्ष गीत रहेको टेलिश्रृंखलामा अङ्कुर गुरुङको छायाङ्कन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद रहनेछ । 

यस्तै सञ्जीव कार्कीको सहायक निर्देशक, आनन्द पुन र वसन्त बुढाथोकी कार्यकारी निर्माता र शैलेश खत्री निर्मातामा रहेका छन् । कथा भने कुलदीप अधिकारीको रहेको छ । टेलिश्रृंखला एडी रिलिजले बजार व्यवस्थापन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप