साहित्यकार बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण
काठमाडौँ । साहित्यकार राजाराम बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण भएको छ । काठमाडौँको बागबजारमा शुक्रबार आयोजित एक कार्यक्रममा डा सुरेन्द्र केसी र डा तुलसी भट्टराईले बर्तौलाको नयाँ कृति भ्रमित सत्यको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा बोल्दै डा। केसीले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरुले वर्तमान समयलाई चित्रित गरेको बताए । उनले देशको हितलाई बल पुर्याउने खालका सिर्जनामा साहित्यकारहरुले जोड दिनुपर्ने उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै डा तुलसी भट्टराईले साहित्यको विकासमा राजाराम बर्तौलाको योगदानबारे चर्चा गरे । उनले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरुले कविता लेखनको स्तरियतालाई मर्न नदिएको बताए ।
साहित्यकार बर्तौलाका मेरो पाइला संस्मरण र अल्सी ढुङ्गो निबन्ध संग्रह प्रकाशित भइसकेका छन् । नेपाल सरकारको परराष्ट्र सेवाबाट सात वर्ष अगाडि सेवा निवृत्त भएपछि साहित्यकार बर्तौला हाल साहित्य सिर्जनामै लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल