होटल स्क्वायरका संचालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । ललितपुरको होटल स्क्वायरका संचालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर–३ मा संचालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।
पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर घटना अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने,‘ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएका छौँ ।’
ललितपुर जिल्ला अदालतबाट होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र उनकी सासु ललिता भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवैजना फरार छन् ।
भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनकी बहिनी सुस्मिता शाक्यले रातोपाटीलाई बताइन् ।
होटलका प्रतिनिधिहरुले प्रहरीसँग स्विमिङ पुलमा करेन्ट नफैलिएको दाबी गर्दै आएका छन् । होटल संचालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याएक’ बनाउन खोजिएको पीडित परिवारले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित
-
नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ