लगानी सम्मेलनका लागि छुट्टाछुट्टै कार्यदल गठन, तयारी तीव्र पार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । तेस्रो लगानी सम्मेलनका लागि सरकारले तीव्र तयारी गरिरहेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने सम्मेलनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसँगै विभिन्न सरोकारवाला मन्त्रालय तथा निजी क्षेत्र समेतको पहलमा गृहकार्य सुरु भएको हो ।
यसै सन्दर्भमा शुक्रवार अर्थमन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा तेस्रो लगानी सम्मेलन निर्देशन समितिको बैठक बसेको छ । उक्त निर्देशन समितिको बैठकमा अर्थमन्त्री डा.महतले तेस्रो पटक हुन लागेको सम्मेलनका लागि आवश्यक नीतिगत, कानुनी एवम् प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन विशेष निर्देशन दिएका छन् ।
लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैर आवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान समेत अर्थमन्त्री महतले गरेका छन् ।
लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो ।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवम् लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका छन् ।
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ ।
साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन समेत भएको छ । यी सबै समिति र कार्यदलहरूले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेको सम्मेलन निर्देशन समितिले जानकारी दिएको छ ।
आज सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता सङ्गठनहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव