गायक वैद्यको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरहरू)
_mxMQPLiVTC.jpg)
काठमाडौँ । बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यको शव शुक्रवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा परिवार तथा सङ्गीतकर्मीको उपस्थिति रहेको थियो । शवलाई उनका छोरा लोकस नन्दन वैद्यले दागबत्ती दिए ।
पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको शवलाई नेपाल सङ्गीतकार संघले नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो । सोही क्रममा विशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै संगीतकर्मीले फूलमाला समर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गीत दिएका ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौँको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । उनले नेपाल भाषाका समेत गीत गाएका छन् । तस्बिर: कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा