क्रिकेट अस्ट्रेलिया भन्छ– ‘उसमान ख्वाजाको बंगारा भाँचिएको छैन’
काठमाडौँ । घरेलु टोली अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेलका क्रममा क्यारेबियन बलरले फालेको बल अस्ट्रेलियन ब्याट्सम्यान उसमान ख्वाजाको बंगारामा ठेक्किएको थियो ।
अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ख्वाजा त्यसपछि ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए । वेस्ट इन्डिजका तिब्रगतिका बलर सामर जोसेफले फालेको ‘सर्ट पिच बल’ बाउन्स भएर सिधै ख्वाजाको दायाँतर्फको बंगारामा ठोक्किएको थियो । उनको मुखबाट रगम पनि बगेको थियो ।
बंगारामा बल ठोक्किएपछि दुःखाईले रन्थनिएका ख्वाजालाई तत्काल टोलीका चिकित्सकले आफ्नो निगरानीमा राखे काथिए । सुरुमा चिकित्सकहरुले ख्वाजाको बंगारा भाँचिएको अनुमान गरेका थिए । त्यसपछि उनलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
तर, परीक्षणको नतिजा भने सकारात्मक आएको छ । क्रिकेट अस्ट्रेलियाले ख्वाजाको बंगारा नभाँचिएको जनाएको छ । ‘ख्वाजालाई गम्भीर चोट लागेको छ । तर, उनको बंगारा भने भाँचिएको छैन । यो सकारात्मक पक्ष हो,’ क्रिकेट अस्ट्रेलियाले भनेको छ ।
ख्वाजाको बंगारामा बल ठोक्किदा अस्ट्रेलियालाई जितका लागि केवल एक रन आवश्यक थियो । उक्त खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । क्रिकेट अस्ट्रेलियाले ख्वाजाको केही परीक्षण अझै बाँकी रहेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ वर्षमा कोशी प्रदेशसभा : मुख्यमन्त्री भन्छन्, ‘अब दुःखी आत्माजस्तो मगन्ते हुँदैनौँ’
-
गोर्खा सैनिक र उनीहरूको परिवारका लागि काम गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता
-
यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो
-
च्याम्पियन्स ट्रफी : केही मिनेटमै सकियो भारत र पाकिस्तानबिचको खेलको टिकट
-
किन बढ्यो डलरको मूल्य, नेपालमा कस्तो असर ?
-
उपप्रधानमन्त्री सिंहको ६ महिने उपलब्धि : दमक भ्युटावर उद्घाटन, धरहरा सञ्चालन