ग्वार्कोमा फ्लाइ ओभरको काम धमाधम, तस्बिरमा हेर्नुहोस्
![ग्वार्कोमा फ्लाइ ओभरको काम धमाधम, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/cover-gwarko-flyover_sE614PMjMs.jpg)
काठमाडौँ । ललितपुरस्थित ग्वार्को फ्लाइ ओभरको काम अहिले धमाधम भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाइ ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो । करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाइ ओभरको काम अहिले तीव्रताका साथ अघि बढिरहेको हो ।
गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाइ ओभरको निर्माण कार्य सुरु भएको थियो ।
अहिले ग्वार्कोस्थित मेन चोकमा पिलर उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाईओभरको लागि वीएन्डवी अस्पतालबाट बालकुमारीसम्म र्याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ ।
कम्पनीले एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना बनाएको छ। फ्लाइओभरको लम्बाई कुल ४ सय ९० मिटर हुने छ । निर्माण कम्पनीले इपीसि मोडेलमा ठेक्का लगाएको हो ।
बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातदाेबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम निर्माण गरिँदैछ भने यसको उचाइ ६ मिटरको हुनेछ । हाल ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङ रोडमा फ्लाइओभर निर्माण गरिँदैछ । यो फ्लाइ ओभरले रिङरोडको जाम हटाउन सहयोग पुर्याउने छ ।
जसअनुसार सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् । फ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने