‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ को संयोजकमा निर्माता ज्योतिराज नियुक्त
काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ को संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् ।
राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्यक्ष पनि हुन् ।
आदिवासी जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातीबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरू सदस्यहरूका लागि सिफारिस गर्ने सोहीअनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।
बोर्डले राईको नेतृत्वमा एक समिति समेत बनाएको छ । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन् र हरिसिंह रैखोला समितिको सदस्य सचिव रहेका छन् ।
समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवर्द्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्छ ।
आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रूपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए । ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको मध्यम बाट समेट्न प्रोत्साहन गर्नेछु’ राईले थपे ।
संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडुसरका निर्माता समेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । जुन केही अगाडि मात्र प्रदर्शनमा आएको थियो । फिल्मका अलवा राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई वेस्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन् । राई अहिले नयाँ फिल्म निर्माणको तयारीमा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन