मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

सम्झौता अवधि थपिएपछि जेरार्ड भन्छन्, ‘हामी उपयुक्त खेलाडीको खोजिमा छौँ’

शुक्रबार, ०५ माघ २०८०, ११ : ४३
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । साउदी ब्यवसायीक लिग क्लब अल–इत्तिफाकले आफ्ना प्रमुख प्रशिक्षक स्टिभन जेरार्डको सम्झौता अवधि लम्ब्याउने निर्णय गरेको छ । अल–इत्तिफाक र जरोर्डबिच थप दुई वर्ष प्रमुख प्रशिक्षकको भूमिकामा क्लबमै रहने नयाँ सम्झौता भएको हो ।

नयाँ सम्झौतापछि अब प्रमुख प्रशिक्षक जरोर्ड सन् २०२७ सम्म अल–इत्तिफाकमै रहने छन् । ४३ वर्षीय जेरार्ड सन् २०२३ मा एस्टन भिल्लाबाट अल–इत्तिफाकमा आबद्ध भएका थिए । ‘नयाँ सम्झौतापछि म निकै उत्साही छु । अहिले लिग तालिकामा हामी कहाँ छौँ भन्ने कुरा मलाई थाहा छ । तर, अवस्थामा हामी आमुल परिवर्तन गर्न सक्छौँ,’ सम्झौता अवधि थपिएपछि जेरार्डले भनेका छन् ।

अघिल्लो सिजनको लिगमा अल–इत्तिफाक तालिकाको सातौँ स्थानमा रहेको थियो । जारी सिजनको लिगमा भने अल–इत्तिफाक २८ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । जेरार्डले आफूहरु नयाँ र उपयुक्त खेलाडीको खोजीमा रहेको पनि बताएका छन् ।

‘हामी क्षमतावान र आफ्ना लागि उपयुक्त खेलाडीको खोजीमा पनि छौँ । मलाई आशा छ, हामी सबैको प्रयासबाट छिट्टै नै क्लबले नयाँ उचाइ हासिल गर्नेछ,’ जरोर्डले भनेका छन् । जेरार्ड इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । उनले आफ्नो ब्यवसायीक खेलजीवन भने इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र अमेरिकी क्लब एलए ग्यालेक्सीमा बिताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप