इसेवा र फोनपोइन्टस् बिच साझेदारी

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् प्रा.लि.बीच साझेदारी भएको छ । बुधबार एक कार्यक्रममार्फत इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलकाबीचमा सम्झौता भएको हो ।
सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्नेछ । फोन पोइन्टस्ले इसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ ।
साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘ हामी फोनपोइन्टस्सँग साझेदारी सुरू गर्न पाउँदा खुशी छौँ र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौँ । हामी फोनपोइन्टस्ले इसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौँ।’
फोनपोइन्टस् र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ । दुवै कम्पनी इनोभेशनलाई बढवा दिन तथा ग्राहकको सन्टुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचेत अवस्थामा भेटिएका ३ बालक मृत घोषणा
-
म्यान्मा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ता राष्ट्रिय शोक
-
इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ घाइते
-
कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी
-
ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय फिर्ता लिन ‘आन्दोलन समिति’को आग्रह
-
उत्कृष्ट गायिकाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?