उत्तर कोरियाद्वारा पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण

प्योङयाङ । अमेरिका, दक्षिण कोरिया र जापानले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण गरेको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।
‘हेइल–५–२३’ नाम दिइएको उक्त परमाणु हतियारलाई उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा परीक्षण गरेको हो । उत्तर कोरियाले यसअघि पनि यस्तै परीक्षण सम्पन्न गरिसकेको छ ।
कोरियाली प्रायद्वीपमा कुनै पनि बेला युद्ध सुरु हुन सक्ने बताउँदै उत्तर कोरियाले पछिल्लो समय आफ्नो सैन्य शक्ति विकास गरिरहेको जनाएको छ । यही हप्ता उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियासँग ‘एकीकरण’ को उद्देश्य समाप्त भएको बताउँदै दक्षिण कोरियालाई ‘प्रधान शत्रु’ घोषणा गरेका थिए ।
गत सेप्टेम्बरमा उत्तर कोरियाले परमाणु हतियार प्रहार गर्न सक्ने पनडुब्बीको परीक्षण गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२३ को मार्चमा उसले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियारसहितको मानवरहित ‘हेइल सिस्टम’को परीक्षण गरेको पनि जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते