धर्म टाटा मुम्बई म्याराथनमा
शुक्रबार, ०५ माघ २०८०, १० : २६

काठमाडौँ । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा सहभागिता जनाउने भएका छन् । जनवरी २१ तारिखमा हुने उक्त म्याराथन (४२.१९५ किलोमिटर दूरी) मा धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
धर्मले यसअघि पनि विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । यसबाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् ।
धर्म जापानको किताकामीमा सन् २०१४ मा आयोजना भएको १८औँ एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
-
लेवननमा तैनाथ नेपाली शान्ति सेनाको बदली
-
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
-
बाह्रखरी कर्पोरेट गल्फको प्रमुख प्रायोजक ‘एनसेल फर बिजनेस’
-
श्रीमानसँग अलग्गिँदैछिन् ‘स्वीट होम’ की अभिनेत्री ली सि योङ
-
सहकारी प्रतिस्थापन विधेयक ः पुरानो विवाद सल्टियो, नयाँ थपियो