मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु
![मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु](https://npcdn.ratopati.com/media/news/64356e37-fd23-4e56-ba4a-f856a5563970_VMB9FMXuM7.jpg)
इम्फाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु भएको हो ।
एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिने हिंसामा सात जनाको मृत्यु भइसकेको छ ।
बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएको थियो। राज्यमा विगत आठ महिनादेखि जारी हिंसा रोकिने सङ्केत देखिएको छैन ।
मणिपुर प्रहरीले भनेको छ, ‘जनवरी १८ मा विष्णुपुर जिल्लाको निङ्थौखोङ खा खुनोमा अज्ञात सशस्त्र चरमपन्थीहरूले चार सर्वसाधारणको हत्या गरेका छन् । घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।’ यो ट्विटको केही समयपछि मणिपुर प्रहरीले अर्का नागरिकको हत्या भएको जनाएको छ ।
यसअघि १७ जनवरीमा मणिपुर पुलिसले चरमपन्थीहरूले योजनाबमोजिम सुरक्षा बलहरूमाथि आक्रमण गरेको बताएको थियो । जसमा मणिपुर राइफल्सका एक जवान, मणिपुर पुलिसको आईआरबी फोर्सका एक जवान र भारतीय रिजर्भ बटालियनका एक जवानसहित कुल तीन सुरक्षाकर्मीहरू मारिएका थिए।
गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसङ्ख्यक मेइती समुदाय र आदिवासी कुकी(जो समुदायबिच जातीय हिंसा भइरहेको छ। पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या