काठमाडौँ । सेतो मच्छिन्द्रनाथको स्नान सम्पन्न भएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौँको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा रहेको छ ।
सेतो मच्छिन्द्रनाथलाई हिन्दुहरू हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पुज्ने गर्दछन् ।
प्रतिक्रिया