पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलायो
बिहीबार, ०४ माघ २०८०, १७ : ३४

एजेन्सी । पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको अवास्तविक र स्पष्ट उल्लङ्घन अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको उल्लङ्घन भएको भन्दै आफ्नो राजदुत फिर्ता बोलाएको बताएको हो ।
यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो । पाकिस्तानमा रहेको जैश अल–जुल्म आतंकवादी समूहका दुई महत्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?