कर्मचारीलाई चिसो लाग्ला भनेर हाकिम ड्राइभर बनेपछि...

ओरेगन । अहिले संसारको कयौँ हिस्सामा चिसो छ । केहीमा त भारी हिमपातका कारण मौसमसम्बन्धी चेतावनीहरू नै जारी गरिएको छ । यी सबैको असर यात्री र यातायातको साधनमा परेको छ । केही कर्मचारीले घरबाटै काम गरिरहेका छन् । केही भने सकसले अफिस पुगेर काम गरिरहेका छन् । यस्तोमा अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्टमा एउटा सपिङ स्टोरका हाकिमको उदारता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
स्टोरका रफिन नाम गरेकी कर्मचारीले टिकटकमा एउटा भिडियो शेयर गरेकी थिइन् । भिडियोका अनुसार स्टोरका बोसले कर्मचारीहरु भारी हिमपातबीच चिसोले बिरामी नहुन् भन्दै एकेक गर्दै कर्मचारीहरूको घरमा पुगे सबैलाई आफ्नो गाडीमा अफिस पुर्याएको देखिन्छ । चिसोलाई विचार गरेर बोसले स्टोर बन्द गर्छन् भन्ने आशा रफिनको थियो ।
सबैले फोन गरेर बिदा लिने कोसिस गरिरहेका थिए । तर हाकिमले आफैँले गाडी चलाएर सबै कर्मचारीलाई पिक गरेको भन्दै उनले भिडियो क्लिप्मा क्याप्सन लेखेकी छन् । त्यो दिन हाकिमले सबै कर्मचारीलाई घरघरमा छाड्न गएको रफिनले कमेन्टमा भनेकी छिन् । हाकिमको हिम्म र कोसिसको आफूले सम्मान गरेको कमेन्टमा उनले लेखेकी छिन् ।
रफिनले आइतबार यो भिडियो शेयर गरेकी थिइन् । मान्छेहरूले तत्कालै यो भिडियो रिक्याशनको बाढी नै लगाए । एउटा कमेन्टमा एक युजरले ‘मेरो हाकिमले पनि एक पटक यस्तै गरेका थिए । तर हामी सबै दूघर्टनाको सिकार भयौँ ।’ लेखेका छन् । अर्का एक जनाले भने ‘यसलाई म नोकरीका लागि मान्छेका ज्यान धरापमा पार्नु भन्छु ।’ भन्ने कमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने