कोभिडको बेला घर फर्किएका ८ नेपालीलाई साउदीको कम्पनीले तलब लिन बोलायो

काठमाडौं । कोरोना महामारीका बेला घर फर्किएका ८ नेपालीलाई तलब लिन साउदीको एक कम्पनीले बोलाएको छ । साउदी अरेबियाको साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीमा काम गर्दै आएका तर, कोभिड महामारीमा घर गएका ८ जना नेपालीलाई त्यो बेला काम गरेको तलब लिन बोलाएको हो । त्यसका लागि कम्पनीले साउदीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो ।
महामारीले गर्दा फर्की कम्पनीमा आउृन नसकेको, कम्पनीले दिनुपर्ने तलब सुविधा (सर्भिस बेनिफिट) भुक्तानीको लागि उनीहरूलाई सम्पर्क गर्न प्रयास गरेको तर, नसकेको जानकारी कम्पनीले दूतावासलाई गराएको थियो । सोही आधारमा दूतावासले ति ८ जनालाई कम्पनीमा सम्पर्क गरी वा कम्पनीको इमेल ठेगानामा आफ्नो जानकारी दिन अनुरोध गरेको हो ।
त्यसरी कम्पनीले बोलाएकोमा सिराहका सञ्जय कुमार यादव र बुध्न मुखीया मलह, सुरेश कुमार शाह, नवलपरासीका बाबुराम केवत, खोटाङका प्रकाश गिरी, उदयपुरका देब बहादुर राना मगर र तेह्रथुमका भिमप्रदास दाहाल रहेका छन् । उनीहरूले उक्त कम्पनीबाट ५४ हजार ३१६ साउदी रियल तलब पाउनेछन् । उक्त रकमको नेपाली (एक साउदी रियाल बराबर ३५.४६ रूपैयाँ हुँदा) १९ लाख २६ हजार रूपैयाँ भन्दा बढी हुन आउँछ ।
यसअघि साउदीकै टाट पल्टिएको अर्को कम्पनीले समेत ५५ जना नेपालीलाई काम गरेको बाँकी तलब लिन बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक