इरानमाथि पाकिस्तानले गरेको हमलामा ९ विदेशी नागरिकको मृत्यु

कराँची । पाकिस्तानले इरानमाथि बुधवार साँझ गरेको आक्रमणमा नौ जना विदेशी नागरिक मारिएका छन् । इरानको सरकारी सञ्चारमाध्यम इरानले इरानी गृहमन्त्री अहमद वाहिदीलाई उद्धृत गर्दै बताएअनुसार यस हमलामा ३ जना महिला, ४ बालबालिका र २ जना पुरुष मारिएका छन् । यो हमला इरानको सीमाबाट तीन चार किलोमिटर पर भएको थियो ।
यसअघि सिस्तान–ब्लुचिस्तान प्रान्तमा चरमपन्थीहरुलाई निशाना बनाएर हमला गरेको दाबी पाकिस्तानले गरेको थियो । यो हमलामा कयौँ आतङ्कवादी मारिएको पाकिस्तानले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । मङ्गलवार इरानले गरेको आक्रमणको प्रतिकारमा बुधवार साँझ पाकिस्तानले हमला गरेको थियो । यस आक्रमणमा नागरिकहरूलाई हुनसक्ने नोक्सानीबाट बच्न आफूले पुरै कोसिस गरेको दाबी पाकिस्तानले गरेको छ । आफूहरूले हमला गरेको ठाउँमा कुख्यात आतंकवादीहरु बस्ने गरेको पाकिस्तानी भनाइ थियो ।
जवाफी हमलाबारे अमेरिका, चीन र भारतको तर्फबाट प्रतिक्रिया आइरहेको छ । चीनले दुवै देशलाई संयम अपनाउन अनुरोध गरेको थियो । अमेरिकाले पाकिस्तानको हमलाको निन्दा गर्दा भारतले भने यो इरान र पाकिस्तानको आपसी मामिला भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]