दोस्रो दिन पनि १४ विकेट खस्यो : अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिज रक्षात्मक स्थितिमा

काठमाडौँ । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार पनि दुबै टोलीको गरी कुल १४ विकेट खसेको छ । यसअघि पहिलो टेस्टको पहिलो दिन बुधबार पनि १२ विकेट खसेको थियो ।
दोस्रो दिनको खेल सकिँदासम्म वेस्ट इन्डिजले आफ्नो दोस्रो पालीमा ६ विकेट गुमाएर केवल ७३ रन बनाउन सकेको छ । दोस्रो दिनको खेल सकिँदासम्म क्यारेबियन टोलीले २२.५ ओभर ब्याटिङ गर्न भ्याएको छ । दोस्रो पालीमा पनि वेस्ट इन्डिजका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
वेस्ट इन्डिजका लागि दोस्रो पालीमा किर्क म्याकेन्जीले २६ रन बनाए । जस्टिन ग्रेभस २४ रन बनाउँदै आउट भए । कप्तानसमेत रहेका ओपनर क्राइग ब्राथवेट एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजका जोसुआ डा सिल्भा १७ रन बनाउँदै क्रिजमा छन् ।
अस्ट्रेलियाका बलर जोस हेजलउडले चार विकेट लिए । उनले आठ ओभरमा चार मेडन राख्दै केवल १८ रन खर्चिएका थिए । क्यामरुन ग्रिन र नाथन लियोले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि बिहीबार नै अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाले दुई विकेटको नोक्सानीमा ५९ रनको स्थितिबाट बिहीबारको खेल अगाडि बढाएको थियो ।
अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा ८१.१ ओभरमा समेटिएको थियो । अस्ट्रेलियाका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान ट्राभिस हेडले शतक बनाएका थिए ।
हेडले टोलीको खातामा एक सय १९ रन थपे । उनले एक सय ३४ बलको सामना गरी तीन छक्का र १२ चौका हिर्काएका थिए । ओपनर उसमान ख्वाजा ४५ रन बनाउँदै आउट भए । नाथन लियोनले २४ रन जोडेका थिए ।
अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले उल्लेख्य संख्यामा रन बनाउन सकेनन् । क्यारेबियन टोलीका बलर सामर जोसेफले पाँच विकेट लिए । उनले २० ओभरमा दुई मेडन राख्दै ९४ रन खर्चिए । केमर रोच र जस्टिन ग्रेभसले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट अल्जारी जोसेफले लिए ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज आफ्नो पहिलो पालीमा केवल एक सय ८८ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले खेलमा २२ रनको अग्रता लिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान