भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास बरामद

काठमाडौँ । भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जानकारी दिए ।
किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचनामा प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचना पछ्याउने क्रममा प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपछि १३ वटा ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताए । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता