बर्ड फ्लुका कारण पहिलो पटक पोलार बियरको मृत्यु
काठमाडौँ । बर्ड फ्लु संसारको त्यो कुनामा समेत पुगेको छ, जहाँ सम्भावना नै थिएन । यसको संक्रमणका कारण एउटा पोलार बियर अर्थात् धु्रवीय सेतो भालुको मृत्यु भएको छ ।
बर्ड फुलुको संक्रमणका कारण पोलार बियरको मृत्यु भएको यो पहिलो घटना हो । यो सबै जलवायु परिवर्तनको असर भएको बताइएको छ । यसकै कारण भाइरस धुव्रीय क्षेत्रमा पुगेको हो । मृत्यु भएको भालु उत्तरी अलस्काको हो । केही दिनअघि भालुमा बर्ड फ्लुको लक्षण देखिएको थियो । अन्य जीवमा पनि बर्ड फ्लु सरेको त छैन भनेर वैज्ञानिकहरु अध्ययन गर्नतिर लागेका छन् ।
अहिलेसम्म एन५एन१ इन्फ्लुएन्जाको केही प्रकार अलग अलग जीवलाई संक्रमित गरिरहेको थियो । यसरी संक्रमित हुने जीवनमा स्याल, सी लायन, सिल आदि थिए । अन्टार्टिकामा सिलमा पनि पहिलो पटक बर्ड फ्लुको संक्रमण पाइएको थियो । तर धुव्रीय भालुमा पनि संक्रमण देखिएको यो पहिलो पटक हो । स्तनधारी जीवनहरुमा पनि बर्ड फुल् भेटिएको छ । यसका कारण ठूलो संख्यामा जीवको मृत्यु भइरहेको छ । जीवनको फरक फरक प्रजातिमा यो रोगको बिमारीको लाण फरक फरक देखिएको छ ।
वैज्ञानिकहरुका अनुसार बसाई सरेर अलास्का पुगेको संक्रमित पंक्षीको शिकार स्याल वा सिलले गरेको र त्यसलाई मारेर खाएकोले वा मृत शरीरलाई छोएकै कारण भालुमा संक्रमण सरेको हुन सक्छ । भालुको अध्ययन गर्दा उसले संक्रमित जीवनको मृत शरीरलाई खाएको हुन सक्ने देखिएको छ ।
इन्फ्लुएन्जा भाइरसले आफ्नो स्वरुपलाई तीव्रताका साथ बदल्छ । अलग–अलग प्रजातिको जीवमा पसेर यो भाइरसले आफूभित्र परिवर्तन गर्छ र अर्को बलियो स्ट्रेन बनाउँछ । इन्फ्लुएन्जा भाइरस तीव्र गतिमा फैलिनुको कारण पनि यही हो । यसका कारण लामो समयसम्म संक्रमण फैलिरहन्छ । बर्ड फ्लुको असर कुन कुन जीवनमा परेको छ भनेर वैज्ञानिकहरुले लगातार समुद्री जीवनको अध्ययन गरिरहेका छन् । भाइरसले मान्छेलाई पनि संक्रमित गर्ने हो कि भन्ने चिन्तामा यतिबेला वैज्ञानिकहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात
-
‘कर्णालीका सडकको मर्मत र सुरक्षालाई ध्यानमा राखेर काम गर्छौं’