प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित, गण्डकीलाई १०८ रनले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई एक सय आठ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो लगातार तेस्रो जित हो । तीन खेल खेलेको गण्डकी प्रदेशको भने यो लगातार तेस्रो हार हो ।
सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने ३०.२ ओभरमा अलआउट हुनुअघि ९३ रनमात्र बनाउन सक्यो ।
गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आश्विनी राणाले २५ रन बनाए । उनले ६७ बलमा चार चौका हिर्काए ।
आठौँ नम्बरका ब्याट्सम्यान कमल परियारले टोलीको खातामा २२ रन थपे । उनले ४९ बलमा एक छक्का र तीन चौका हिर्काए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओपनर समीर कँडेल आठ र रोशन गौतम दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
करण पंगेनी, ईश्वर क्षेत्री, कृष्ण पौडेल र सन्दीप पराजुलीले त खातासम्म खोल्न सकेनन् । अमृत गुरुङ चार रन बनाउँदै पेभेलियन फर्किए । कप्तान विपिन खत्री पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अंकित न्यौपाने ६ रनमा आउट भए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा २५ रन पाएको थियो ।
सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल एक्लैले पाँच विकेट लिए । उनले ८.२ ओभरमा एक मेडन राख्दै २३ रन खर्चिएका थिए । गजेन्द्र बोहराले पनि दुई विकेट हात पारे । भोजराज भट्ट, मिलन बोहरा र नरेन साउदले एक–एक विकेट लिए ।
त्यसअघि तल्लोक्रमका ब्याट्सम्यानहरुले जिम्मेवारीपूर्वक ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेशले राहत अनुभव गरेको थियो । ७२ रनको कुल स्कोरमा ६ विकेट गुमाएको सुदूरपश्चिम प्रदेशको स्कोरलाई सातौँ नम्बरका ब्याट्सम्यान किरण ठगुन्नाले र आठौँ नम्बरका ब्याट्सम्यान नारायण जोशीले एक सय ४७ रनको स्थितिसम्म डो¥याएका थिए ।
किरणले टोलीका लागि ६० रनको योगदान गरेका थिए । उनले ७३ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । नारायणले पनि टोलीको खातामा ४६ रन थपेका थिए । उनले ५६ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए ।
सुदूरपश्चिम प्रदेशका लागि ओपनर टेक रावतले १५ रन बनाएका थिए । कप्तान राजु रिजाल १६ रनमा आउट भए भने शेर मल्ल पनि १९ रन बनाउँदै पेभेलियन फर्किएका थिए । मिलन बोहरा पनि नौ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । नरेश साउदले १३ रन बनाए ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । गण्डकी प्रदेशका बलर बिपिन खत्री र अंकित न्यौपानले तीन–तीन विकेट लिए । यसका अतिरिक्त कमल परियार र अमृत गुरुङले पनि दुई–दुई विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू