कसरी हुन्छ जलवायु परिवर्तन ?
कुनै स्थान विशेषको मौसममा दीर्घकालीन रूपमा परिवर्तन हुनुलाई नै जलवायु परिवर्तन भनिन्छ । तापमान, दबाब, आर्द्रता— यी तीन कुराको परिवर्तनले नै हाम्रो मौसममा ठुलो हलचल आउँछ । जलवायु परिवर्तन दुई कारणबाट हुन्छ, १) प्राकृतिक कारण, २) मानवीय कारण ।
वर्तमान समयमा मानव गतिविधिका कारण जलवायु परिवर्तन तीव्र रूपमा बढेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । जलवायु परिवर्तनका कारण नेपालमा द्रूत गतिले हिउँ पग्लने र मनसुनको समयमा पहाडी भेगमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिम बढेका छन् । अनावृष्टि, अल्पवृष्टि र अतिवृष्टिका कारण विभिन्न समस्या उत्पन्न भएका छन् । यसको प्रत्यक्ष असर कृषि उत्पादनमा परेको छ । यसो हुँदा निकट भविष्यमा हाम्रो अर्थतन्त्रमा ठुलो असर पर्ने देखिन्छ ।
हिमालहरू पानीका स्र्रोत वा भण्डार हुन् । जलवायु परिवर्तनका कारण यी पग्लिँदै गर्दा समुद्रमा पानीको सतह बढ्दै छ । हाम्रा हिमताल फुट्ने क्रम बढिरहेको छ । पर्यटकलाई लोभ्याउने हाम्रा हिमालहरू आज कालो चट्टानमा परिणत हुँदै गर्दा देशको अर्थतन्त्रमा चौतर्फी असर देखिएको छ । यसले पर्यटन र जलविद्युत् क्षेत्रमा असर गर्नुका साथै बाढी–पहिरोजस्ता समस्या बढेको छ । जलवायु परिवर्तनकै कारण, अर्कोतिर जाडो महिनामा पनि मलेरिया र डेँगुजस्ता रोग देखापरेका छन् । चैत–वैशाखमा भीरपाखामा फुल्ने फूल अचेल माघ–फागुनमा फुल्न थालेका छन् । ऋतु अनुसारका फल र अन्न पनि समय अघि–पछि हुन थालेका छन् । जलवायु परिवर्तनका केही कारण छन् । सर्वप्रथम प्राकृतिक कारणको चर्चा गरौँ ।
पृथ्वीको घुम्ने कक्ष र झुकावले गर्दा सूर्यको ताप पृथ्वीमा कहिले धेरै कहिले थोरै हुने गर्छ । जसले प्रत्यक्ष रूपमा जलवायुमा परिवर्तन आउँछ ।
सूर्यमा हुने परिवर्तन : सूर्यको सतहमा काला धब्बा (सनस्पट)हरूको सङ्ख्याको घटबढले गर्दा पृथ्वीको मौसममा परिवर्तन हुन्छ । सूर्यमा काला धब्बा (सनस्पट)हरुको सङ्ख्या धेरै भयो भने पृथ्वीमा मौसम चिसो र कम भयो भने पृथ्वीमा मौसम तातो हुन्छ । जसका कारण जलवायुमा परिवर्तन हुन्छ ।
ज्वालामुखी विस्फोट : ज्वालामुखी विस्फोट हुँदा विभिन्न प्रकारका ग्यास उत्पन्न हुन्छन् । जसमध्ये सीओ–टु, सीएटु, एच–टु–ओ आदि ग्यासले सूर्यको प्रकाश पृथ्वीमा आउनबाट रोक्छ, जसका कारण धर्तीको तापक्रममा कमी आउँछ र जलवायुमा परिवर्तन आउँछ ।
मिलनकोविच साइकल : पृथ्वीको घुम्ने कक्ष र झुकावले गर्दा सूर्यको ताप पृथ्वीमा कहिले धेरै कहिले थोरै हुने गर्छ । जसले प्रत्यक्ष रूपमा जलवायुमा परिवर्तन आउँछ । यसको खोज मिलुटिन मिलानकोविचले गरेकाले यसलाई मिलनकोविच इफेक्ट भनिएको हो ।
महाद्वीपमा आउने परिवर्तन : पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटहरू बिस्तारै सर्ने गर्छन् । यस क्रममा यिनले माथिल्लो सतहलाई पनि यताउता सार्ने वा अक्षांशहरूमा लैजाने गर्छन् । यस परिवर्तनले हावा र महासागरको पानीको ढाँचा र महाद्वीपहरूको मौसमलाई असर गर्छ । टेक्टोनिक प्लेटकै कारण पहाड, समथल भाग र अग्ला चुचुरा बन्ने गर्छन् । जसका कारण फरक फरक स्थानमा भिन्न जलवायु हुन जान्छ ।
- मानवीय कारण
वायुमण्डललाई प्रदूषित गर्ने र जलवायु परिवर्तन गर्ने कार्य कार्बन डाइअक्साइडले गरिरहेको छ । २१औँ र २०औँ शताब्दीमा वायुमण्डलको कार्बन डाइअक्साइडको स्तर पहिलेभन्दा ४० प्रतिशतले बढेको छ । यो सबै शक्ति राष्ट्रहरूको औद्योगिकीकरणका कारण भएको हो । उद्योग कलकारखानाबाट भारी मात्रामा कार्बन डाइअक्साइड निस्कन्छ ।
वनले वायुमण्डलबाट कार्बन डाइअक्साइड शोषित गर्छ र आफैँमा भण्डारण गर्छ । तर जनसंख्या बढेर वनविनाश भइरहँदा कार्बन शोषित हुन पाइरहेको छैन । त्यसैले कार्बनलाई अवशोषित गर्न रूखहरू रोप्नुपर्नेछ । अर्कोतिर डढेलोले पनि कार्बन उत्सर्जन गर्छ, यसमा पनि कमी ल्याउनुका साथै पर्नेछ ।
तेल, ग्यास र कोइलाजस्ता जीवाश्म इन्धनहरूमा कार्बनडाइअक्साइड हुन्छ । जब हामी यसलाई जमिनबाट बाहिर निकाल्छौँ र जलाउँछौँ, कार्बन डाइअक्साइड हावामा मिसिन पुग्छ र वायुमण्डलमा प्रदूषण हुन्छ ।
तापमान, दबाब, आर्द्रता— यी तीन कुराको परिवर्तनले नै हाम्रो मौसममा ठुलो हलचल आउँछ । जलवायु परिवर्तन दुई कारणबाट हुन्छ, १) प्राकृतिक कारण, २) मानवीय कारण ।
यस्तै, कृषि बाली लगाउने र पशुपालन गर्दा विभिन्न किसिमका हरितगृहग्यास हावामा निस्कन्छ । उदाहरणका लागि, जनावरहरूले मिथेन उत्पादन गर्छन्, जुन हरितगृह ग्यासको रूपमा कार्बनडाइअक्साइडभन्दा धेरै गुणा बढी शक्तिशाली हुन्छ । मलका लागि प्रयोग गरिने नाइट्रस अक्साइड दश गुणा खराब छ र कार्बन डाइअक्साइडभन्दा लगभग तीन सय गुणा बढी शक्तिशाली छ । आधुनिक मल कृषिका लागि र स्वास्थ्यका लागि पनि हानिकारक छ । यी विषय सर्वसाधारण, राज्यदेखि विश्व समुदाय सजक हुनुपर्छ ।
- जलवायु परिवर्तनन कम गर्ने उपाय
वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको स्तर घटाउनु नै ग्लोबल वार्मिङलाई कम गर्ने पहिलो उपाय हो । कुन अभ्यासले बढी कार्बन उत्पन्न गर्छ भन्ने कुरालाई राम्ररी बुझेर त्यसको कम प्रयोग र त्यसको विकल्पमा अन्य आविष्कारमा आजको विज्ञान लाग्नुपर्छ ।
हामीले हाम्रो छनोटहरू जलवायु अनुकूल बनाउनुपर्छ, जसले हामीलाई पैसा र ऊर्जा बचत गर्न मद्दत गरोस् । ग्लोबल वार्मिङको मुख्य कारण प्लास्टिक पनि हो । यसलाई पुनः प्रयोग गर्न वर्षौं लाग्छ । प्रत्येक नागरिकको दायित्व र उसले गर्न सक्ने एउटा महत्त्वपूर्ण योगदान भनेको प्लास्टिकको प्रयोगलाई कमी गर्नु हो ।
रूखहरुले कार्बन डाइअक्साइडलाई सोसेर राख्ने हुनाले वन फँडानीलाई रोकेर वातावरणलाई हरियाली बनाउन वृक्षरोपणलाई प्रोत्साहन गर्नुपर्छ । यस्तै, औद्योगिकीकरणमा पनि केही नियम हुनुपर्छ । बिरुवा र प्रजातिहरूलाई असर गर्ने हरित क्षेत्रमा उद्योगहरू निर्माण गर्न निषेध गर्नुपर्छ ।
कार्बन पृथकीकरणमा ध्यान दिन सकिन्छ । उद्योग वा कलकारखाना आदिबाट उत्पादित कार्बन डाइअक्साइडलाई अलग्ग तरिकाबाट एक स्थानमा भण्डारण गर्ने, वायुमण्डलमा मिसिँदै जान नदिने हो भने वायुमण्डलमा हरितगृह ग्यासको भोलुम कम हुन्छ, यसरी ग्लोबल वार्मिङ कम गर्न सकिन्छ ।
कुनै पनि हरितगृह ग्यास उत्सर्जनमा कमी गर्ने एक प्रक्रिया हो, कार्बन अफसेट । यो उपायबाट पनि जलवायु परिवर्तनमा पर्ने असर कम गर्न सकिन्छ । यसरी नै कार्बन कुण्डहरूको निर्माण गर्न सक्छौँ, जसले सजिलै कार्बन डाइअक्साइडलाई शोषण गर्छ । जस्तै : वन, जमिन, समुद्र आदि क्षेत्र धेरै बढाउन सक्छौँ ।
अर्को उपाय हो, हामीले प्रयोग गर्ने मोटर गाडीहरूले उत्सर्जन गर्ने कार्बनमा नियमन र टयाक्स व्यवस्था । यसको साथै विद्युतीय यातायातको प्रयोगमा प्रोत्साहित गर्न सकिन्छ, जुन वातावरणमैत्री हुन्छ ।
(लेखक भौगर्भिक इन्जिनियर हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)