आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु, तस्बिरहरू

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु, तस्बिरहरू

बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । रवि मिश्रको एकल कार्टुन प्रदर्शनी आजदेखि सुरु भएको छ । १० दिनसम्म चल्ने प्रदर्शनी बानेश्वरको एनबी सेन्टरमा बिहीबारदेखि सुरु भएको हो ।

rabi mishra (6)

‘कार्टुन चित्र मात्र होइन, विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम हो । वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन । मेरा लागि कार्टुन समाजसँग अन्तर्क्रिया गर्ने सशक्त माध्यम हो । अन्तर्क्रिया मजेदार होस् भनेरै म कार्टुन लिएर यहाँ आएको छु । वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा,’ रविले भनेका छन् ।

rabi mishra (3) 

करिब १७ वर्षदेखि कार्टुन बनाइरहेका रविले हालसम्म विभिन्न अखबार तथा म्यागेजिनमा ३००० भन्दा बढी कार्टुन प्रकाशित छन् । ती कार्टुनमध्ये केही यस प्रदर्शनीमा राखिएका छन् । उनले आफ्नो यो प्रदर्शनीलाई ‘डिपिक्सन’ नाम दिएका छन् । ‘डिपिक्सन’ मैले देखेको नेपाली समाजको चित्र हो,’ मिश्रले भने । 

rabi mishra (4)

‘कतिपय विषय अखबारका कोलममा अटाउँदैनन् । त्यसरी नअटाएका विषयलाई तपाईंहरु समक्ष पुर्‍याउने माध्यमका रूपमा मैले यो प्रदर्शनीलाई लिएको छु । यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो । अखबारका कोमल र ग्यालरीको भित्ता भन्दा पनि पर कार्टुनलाई पुर्‍याउने रहर हो । कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने ।

rabi mishra (2)

प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन् । पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रम माथि व्यङ्ग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन् । ‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन् । मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव समेत हुन्।

rabi mishra (1)rabi mishra (5)rabi mishra (7)rabi mishra (8)rabi mishra (9)rabi mishra (10)rabi mishra (11)rabi mishra (12)rabi mishra (13)rabi mishra (14)rabi mishra (15)rabi mishra (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया