मिर्चैया नगरपालिकामा राहदानी सेवा सुरु
बिहीबार, ०४ माघ २०८०, १३ : २९

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।
“अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भने, “आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।”
उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।
नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई परीक्षा : गोलाप्रथाद्वारा केन्द्राध्यक्ष तय गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण
-
चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी
-
आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर
-
किसान र शिक्षकको योगदानलाई समाजले कदर गर्न जानेन कि !
-
सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले जित्यो आईएमएलको उपाधि
-
गेटामा मेडिकल विश्वविद्यालय : राजनीतिक प्रतिबद्धताको बाढी, प्रगति सुस्त